• ५ जेठ २०८१, शनिबार

धरानका जनताकोे हितमा काम गर्ने प्रतिबद्धता

blog

प्रमुख हर्कराज राई शपथ लिँदै । तस्बिर : गोरखापत्र

धरान, जेठ ९ गते । धरानमा उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । निर्वाचित भएका प्रमुख हर्कराज राईलाई जिल्ला निर्वाचन अधिकृतसमेत रहेका सुनसरी जिल्ला १ नम्बर न्यायाधीश कैलाश सुवेदीले इनरुवामा शपथ ग्रहण गराउनुभएको छ । प्रमुख राईले वडाध्यक्ष र सदस्यहरुलाई  पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

प्रमुख राईले  आफू धरानका जनताको समस्या बोकेर हिँड्ने व्यक्ति भएकाले अब काम गर्ने ठाउँमा पुगेकाले धरान र जनताकोे हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । धरानमा प्रमुख, उपप्रमुखसहित १०२ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । नव निर्वाचित जनप्रतिनिधिहरूलाई निर्वाचन अधिकृत पुष्करराज नेपालले प्रमाणपत्र वितरण गर्नुभयो ।


Author
निसा राई

उहाँ सुनसरी धरानबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।