• ६ जेठ २०८१, आइतबार

सुनसरी क्षेत्र नं १(ख) मा एमालेका राई विजयी

blog

धरान, मङ्सिर १२ गते । सुनसरी क्षेत्र नं १ प्रदेशसभा (ख) मा नेकपा एमालेका विजयकुमार राई विजयी हुनुभएको छ । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार राईले राप्रपाका उम्मेदवार अनीश ढकाललाई ४ हजार ९८२ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । राईले १२ हजार ४ सय ६४ मत पाउनुभएको छ भने राप्रपाका ढकालले ७ हजार ४८२ मत पाउनुभयो ।

यस्तै, गठबन्धनबाट नेकपा एसका रेवती रमण राईले ४ हजार ९८८ मत, स्वतन्त्र उम्मेदवार रोहित सुब्बाले ६ हजार ८३८ मत, प्राप्त गर्नुभएको छ । कुल ३९ हजार १ सय ५३ मत खसेकोमा ३७ हजार २ सय सदर भएको थियो भने १९ सय ५३ मत बदर भएको थियो ।  

Author
निसा राई

उहाँ सुनसरी धरानबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।