• ११ असोज २०८१, शुक्रबार

पाँचथरमा उम्मेद्वारी दर्ता शुरु

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरमा उम्मेद्वारी दर्ता गराउँदै राप्रपा नेपाल र सङघीय लिम्बुवान मञ्चका उम्मेद्वारहरु । तस्बिर – राधा लुइँटेल

राधा लुइँटेल

फिदिम, असोज २३ गते । पाँचथरमा उम्मेद्वारी दर्ता प्रक्रिया सुरु भएको छ । हालसम्म राप्रपा नेपाल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्व सङ्घीय लिम्बुवान मञ्चका प्रतिनिधिले उम्मेद्वारी दर्ता गराइसक्नुभएको छ ।

जिल्लाबाट राप्रपा नेपालका तर्फबाट पाँचथरबाट प्रतिनिधिसभामा मदनकुमार पोखरेलको उम्मेद्वारी परेको छ । 

यस्तै, प्रदेशसभा क मा नेत्रकुमार वस्नेत र ख मा चन्द्रमाया बोहोराको उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

यसैगरी, सङ्घीय लिम्बुवान मञ्चले प्रतिनिधिसभा सदस्यका लागि जसबहादुर योङहाङको उम्मेद्वारी दर्ता गराएको छ । उक्त पार्टीतर्फबाट प्रदेशसभा क मा सागर केरुङ र ख मा लावाहाङ चेम्जोङले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।