काठमाडौं, असोज ४ गते । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेताहरुबीच आगामी निर्वाचन सम्बन्धमा छलफल जारी रहेको देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।
यसैगरी, सत्ता सहयात्री दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको उम्मेदवार टुङ्गो लागिसकेकाले प्रत्यक्षतर्फको उम्मेदवार टुङ्गो लगाउन शीर्ष नेताहरुबीच छलफल जारी रहेको बताउनुभयो ।
बैठकमा सत्ता साझेदार दलका प्रमुख नेताहरू रहनुभएको जनाइएको छ ।