• ११ असोज २०८१, शुक्रबार

पाथीभरा क्याम्पसमा शेर्पा विद्यार्थीको इकाइ समिति

blog

नेपाल शेर्पा विद्यार्थी सङ्घको नवगठित पाथीभरा बहुमुखी क्याम्पस इकाइ समिति, तस्विर –चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा नेपाल शेर्पा विद्यार्थी सङ्घको इकाइ समिति गठन भएको छ । पाथीभरा बहुमुखी क्याम्पसमा सर्गम शेर्पाको अध्यक्षतामा इकाइ  समिति गठन भएको हो । 

शेर्पा समुदायका विद्यार्थीहरूको छाता संस्थाको रूपमा रहेको नेपाल शेर्पा विद्यार्थी सङ्घको भेलाले पहिलो पटक पाथीभरा बहुमुखी क्याम्पस इकाइ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सपना शेर्पा, सचिवद्वयमा लाक्पाओङ्मु शेर्पा, डेमा दोर्ची शेर्पा, सह–सचिव द्वयमा लाक्पाकर्मा शेर्पा, डोमा शेर्पा र कोषाध्यक्षमा उर्मिला शेर्पा चयन हुनुभएको छ ।

सङ्घको जिल्ला अध्यक्ष ओङ्दी शेर्पा, संस्थापक अध्यक्ष तथा पूर्व केन्द्रीय सदस्य मातृका शेर्पा, शेर्पा सञ्चार समूह नेपालका जिल्ला सचिव तेन्जिङ शेर्पाको उपस्थितिमा इकाइ समिति गठन भएको जनाइएको छ ।