• १६ भदौ २०८१, आइतबार

डा. कोइरालाको पुस्तक ‘हृदय’ विमोचित

blog

काठमाडौँ, भदौ २९ गते । डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विमोचन भएको छ। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा डा. भगवान कोइरालाले ‘ओपन हार्ट सर्जरी’ गर्नुभएका १३ वर्षीया एलिजा सन्त र एक वर्षीय सौरभजङ्ग केसीले पुस्तक विमोचन गरेका हुन्। डा. कोइरालाको नेतृत्वमा बन्दै गरेको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को निर्माण सहयोगार्थ प्रकाशक फाइनप्रिन्टले कोइरालाको पुस्तकको विशेष संस्करण ल्याएको हो।

हृदय नामक पुस्तकमा डा. कोइरालाले आफ्नो जीवनमा भोगेका सङ्घर्षका अनुभव, कोइरालाले देखेका स्वास्थ्य क्षेत्रका समस्या तथा त्यसलाई सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत समेटिएको छ। 

विशेष सीमित संस्करण एक पटकका लागि दुई हजार पाँच सयप्रति प्रकाशित भएको छ। उक्त पुस्तकको मूल्य २५ हजार तोकिएको छ। कोइरालाले आधारभूत स्वास्थ्य सेवा नपाएकै कारण ज्यान गुमाइरहेका बालबालिकाको उपचारका लागि विशिष्टीकृत बाल अस्पताल बनाउने सपना देखेअनुसार आफू उक्त अभियानमा लागेको बताउनुभयो।  डा. कोइरालाले असोज १ बाट नियमित संस्करण आउने बताउनुभयो। पाठकका लागि नियमित अङ्कित मूल्य काठमाडौँमा ६५० र काठमाडौँबाहिर ५७५ रुपियाँमा उपलब्ध हुनेछ। उहाँले नियमित संस्करणको पनि ५० प्रतिशत रोयल्टी बाल अस्पताललाई हस्तान्तरण गरिने जानकारी दिनुभयो।