• ४ जेठ २०८१, शुक्रबार

हिमानी ट्रस्टद्वारा लमजुङका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

blog

हिमाली ट्रस्टका अध्यक्ष एवं पूर्व युवराज्ञी हिमानी शाह लमजुङका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्दै । तस्बिर: बेलिना थापा

लमजुङ, भदौ २५ गते  हिमानी ट्रस्टले लमजुङका करिब हजार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको शुक्रवार बेंसीशहरमा एक कार्यक्रमको आयोजना गरी ट्रस्टले लमजुङका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो


ट्रस्टका अध्यक्ष एवं पूर्व युवराज्ञी हिमानी शाहले लमजुङको दोर्दी गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका दूधपोखरी गाउँपालिकाका प्राथमिक तहमा अध्ययनरत छात्रछात्रालाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो हजार सय ६९ छात्र हजार सय ६३ जना छात्रा गरी हजार सय ३२ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको ट्रस्टले जनाएको गरिबीका कारण कुनै पनि बालबालिका पढाइबाट वञ्चित हुन नपरोस् भन्ने लक्ष्यका साथ ट्रस्टले दूर दुर्गमका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो उक्त कार्यक्रममा ट्रस्टका अध्यक्ष एवं पूर्व युवराज्ञी हिमानी शाह, उहाँको छोरी कृतिका शाह ट्रस्टका पदाधिकारीको सहभागिता  थियो  


चाइना फाउन्डेसनको सहयोगमा गोर्खा लमजुङका करिब हजार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्ने योजना अन्तर्गत शुक्रवार हिमानी ट्रस्टको टोली लमजुङ आइपुगेको हो ट्रस्टले लमजुङका बालबालिकालाई स्कुल झोला, कपी, पुस्तकसहित शैक्षिक सामग्री वितरण गरेको हो


ट्रस्टका अध्यक्ष एवं पूर्व युवराज्ञी हिमानी शाहले अन्य मुलुकमा गरेको अध्ययन सिकेको सीपलाई आफ्नै देश निर्माणमा खर्चनुपर्ने बेला आएको बताउनुभएको एकता भावनात्मक रूपमा अडिग रहेर शिक्षा, स्वास्थ्य, संस्कृति, कृषि सामाजिक विषयलाई विकासमा रूपान्तरण गर्दै अगाडि बढ्नु आवश्यकता रहेको बताउनुभयो देशमा रहेको अस्थिर राजनीतिक माहौलले देशप्रतिको कर्तव्य दायित्वबाट भाग्न बाध्य बनाएको उहाँको भनाइ थियो  


कार्यक्रममा चाइना फाउन्डेसनका कविन नेपाली, दोर्दी गाउँपालिका विद्यालय निरीक्षक काशीनाथ अधिकारी, शिक्षा विकास तथा समन्वय एकाइ लमजुङका प्रमुख वीरबहादुर गुरुङलगायत दोर्दी, मर्स्याङ्दी दूधपोखरी गाउँपालिकाका शिक्षक, विद्यार्थीको उपस्थिति  थियो ट्रस्टका अध्यक्ष हिमानी शाहसहितको टिमलाई मनाङे चौतारा आमा समूहले भव्य स्वागत गरेको थियो

Author
बेलिना थापा

उहाँ गोरखापत्र प्रकाशनका लागि लम्जुङ समाचारदाता हुनुहुन्छ ।