• २७ मङ्सिर २०८२, शनिबार

युवाको भावना अनुरूप काम गर्नु पर्ने

blog

प्रेस सेन्टर नेपालले बागलुङमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीकी नेत्री पम्फा भुसााल । तस्बिरः डम्मर बुढामगर/रासस

ढोरपाटन (बागलुङ),  मङ्सिर २७ गते ।  नेपाली कम्युनिस्ट पार्टीका नेत्री पम्फा भुसालले चुनावका माध्यमबाट सरकारमा नयाँ राजनीतिक नेतृत्व आउने र त्यसले देशलाई विकास–निर्माणको बाटोमा अग्रसर गराउने बताउनु भएको छ ।

प्रेस सेन्टर नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानको रक्षा गर्नु हरेक नागरिक दायित्व भएको बताउनु भयो । जनताको चाहना र आवश्यक अनुसार राज्य सञ्चालन नगर्दा जेनजी आन्दोलन भएको बताउँदै उहाँले युवापुस्ताको भावना अनुरूप राजनीतिक नेतृत्व क्रियाशील हुनुपर्ने विचार व्यक्त गर्नुभयो । 

नेपाली कम्युनिस्ट पार्टी चुनावमा भाग लिन तयार छ भन्दै त्यसका लागि जिल्ला–जिल्लामा चुनावी प्रचारप्रसारमा जुटेको पूर्वमन्त्री भुसालले बताउनुभयो । रासस