• ६ जेठ २०८१, आइतबार

लमजुङमा पृथ्वी सुब्बा गुरुङ विजयी

blog

लमजुङ, मङ्सिर ८ गते । प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का पृथ्वी सुब्बा गुरुङ विजयी हुनु भएको छ । उहाँले वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देवप्रसाद गुरुङलाई हराउँदै विजयी हुनु भएको हो । 

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले ३ हजार १ सय ८८ मतको फराकिलो मतान्तरले देवप्रसाद गुरुङलाई हराउनुभएको हो । एमालेका गुरुङले ३४ हजार ९ सय ६९ मत ल्याउनुभएको थियो । 

Author
बेलिना थापा

उहाँ गोरखापत्र प्रकाशनका लागि लम्जुङ समाचारदाता हुनुहुन्छ ।