• १६ भदौ २०८१, आइतबार

कला निर्देशक उद्धवराज भट्टराईको निधन

blog

निर्देशक एवं भेषभुषा प्रबन्धक उद्धवराज भट्टराई ।

काठमाडौं, भदौ १८ गते । नेपाली फिल्म क्षेत्रका निर्देशक एवं भेषभुषा प्रबन्धक उद्धवराज भट्टराईको ६६ वर्षको उमेरमा निधन भएको छ । फिल्म क्षेत्रमा उहाँ 'जुङ्गे भट्टराई'को उपनामले चिनिनुहुन्थ्यो ।

नेपाली फिल्ममा पहिरन डिजाइनरका रूपमा काम सुरु गर्नुभएका उहाँ निर्देशकसमेत थिए । उहाँ ४४ वर्षदेखि कलाक्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । 

'प्रेम-पिण्ड', 'मुनामदन', 'श्रिस्वस्तानी' 'भाग्यरेखा', 'माया पिरती', 'प्रेमपिण्ड', 'युगदेखि युगसम्म' लगायत थुप्रै फिल्ममा उहाँले कला निर्देशन गर्नुभएको छ । 

उहाँको निधनप्रति सामाजिक सञ्जालमा कलाकारहरुले दुख व्यक्त गर्दै श्रद्धांजली अर्पण गर्नुभएको छ ।