• १ असार २०८२, आइतबार

सप्तकोसीको जोखिम कायमै

blog

भोटराज राई

उदयपुर, साउन २४ गते । सप्तकोसी कटानले एक सातायता डुबानमा परेको उदयपुर र सुनसरीको प्रभावित क्षेत्रमा जोखिम कायमै भएकाले स्थानीय घर फर्किन सकेका छैनन् । 

सप्तकोसीको भङ्गालो पसेर डुबानमा परेपछि सुरक्षित स्थानमा बस्दै आएका करिब दुई हजार पाँच सय घर परिवार प्रभावित जोखिम कायम रहेकाले घर फिर्न सक्ने अवस्था नरहेको बेलका नगर प्रमुख अशोक कार्कीले जानकारी दिनुभयो । सप्तकोसीमा पानीको बहाव घटे पनि कटानस्थानबाट भङ्गालो पसिरहेकाले प्रभावित क्षेत्रमा डुबान कायमै छ । 

उदयपुरको बेलका नगरपालिका –८, डुम्रिबोटेमा कटानपछि बस्तीमा पसेको भङ्गालेले बेलका–२, ३, ८ र ९ को भूभाग डुबानमा छ । त्यस्तै सुनसरीको बराहा नगरपालिका ६ र ९ को भूभाग पनि डुवानमा छन् । डुवानले जनजीवन प्रभावित छ  

जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्रप्रसाद फुयालका अनुसार सबैभन्दा बढी प्रभावित बस्ती कोसी एबीसी टप्पु, भाटे, सिसौली, एकता, चिल्म, दुर्गा मन्दिर, बानडाँडा हुन् ।

मंगलबार सप्तकोसीको बहाव एक लाख ५० हजार ८७२ रहेको छ भने भारदहको पुलमा २२ वटा ढोकाखोलिएको सुुनसरी प्रशासनले जनाएको छ ।