• ८ जेठ २०८१, मङ्गलबार

असारको रात

blog

असारको रात

उखर्माउलो गर्मी

तृष्णाले मडारिएको आँत


पानी बोकेर 

आफ्नै प्यासमा

तिर्खाएको बादल


बिजुलीको विशाल 

आमसभा छिचोलेर

उर्लिएको मुसलधारे वर्षा


गह्रा गह्रामा

हिलो छिचोल्दै

मडारिएको भेल


भेलसँगै 

टुकीको उज्यालोमा

मग्मगाएको रजनीगन्धा


पर्बाहमा त्यो वासनाको 

विना बर्सादी निस्किएको

बेलगाम

बेपर्बाह एक निशाचर !


ऊ रुझेको छ निथ्रुक्क 

रातको स्पर्शले 

एउटा सग्लो शरीर 

पानी पानी भएको छ । 


इलाम

हाल ः भर्जिनिया, अमेरिका ।