• ८ जेठ २०८१, मङ्गलबार

मुक्तक

blog

रात्रीको कहर कस्तो त्रास मै प्रातः जगाउँछ

अविश्वासमा नै विश्वास कस्तो श्राप बनाउँछ

कलियुग या परिवर्तनशील मौसमी प्रभाव हो,

लामो आयु भए पनि रातमै अग्राख पलाउँछ ?

२. 

आस्था भरोसा भरपूर रहोस् मङ्गल धुनसँगै

प्रेम अपनत्व सद्भाव भरोस्, मङ्गल धुनसँगै

पवित्रताको कसीमा खरो उत्रन सकूँ भन्छु म,

निश्छल मनले बाहुमा कसोस्, मङ्गल धुनसँगै ।

३. 

कष्ट त्यता हुँदा, पीडा यता किन फर्कने होला

नयनको भाषा जस्तै, हरेक क्षण दर्कने होला

मन बाँध या तन, बन्धनले किन रोकिन्थ्यो र ?

समयसँग समय छैन, तब किन सर्कने होला ।

४.

रहन्छु छँदा भन्थ्यौ माथमा, मातमा खै छोडिदियौ

सहन्छु सदा बन्थ्यौ साथमा, सातमा नै तोडिदियौ

परालको आगो सरह पलभरको न्यानो मात्र रहेछ,

कहन्छु यदा गन्थ्यौ बाथमा, बातमा खै मोडिदियौ । 

लाजिम्पाट–२, काठमाडौँ