• ८ जेठ २०८१, मङ्गलबार

ए परदेशी

blog

तिमीलाई खोज्दैखोज्दै  

एक दिन आउनेछ– 

सिरसिर्रे र साथमा ल्याउनेछ– 

गाउँको सम्झना

गाउँमा तिम्री आमा

डोकोमा जूनताराको भारी बोकेर

उकाली ओरालीतिर

हिँड्दै हुनुहुन्छ

हिँड्दा कतै

पीपलको बोट भेट्नुभयो भने 

नबिर्सी सोधिहाल्नुहुन्छ– 

 पारि जाने खोलामा

सद्भावको पूल हाल्छु भन्ने 

मेरो छोरो खोइ ?

पीपलको बोट भने

पारि क्षितिजतिर हेरेर टोलाउँछ

उसलाई के थाह वरै

तिमी– एउटा गोरेटबाट अर्को गोरेटो नाघ्दै

एउटा खोँचबाट अर्को खोँच छिचल्दै

उही पुगेकाछौ

जहाँबाट

तिमी र तिमी जस्ताको रगत,

पसिना, आँसु र -यालसँग

साटेको रेमिट्यान्सले

चलेको छ हाम्रो देश । 


सूर्यविनायक नपा–२, बालकोट, भक्तपुर ।