• १३ साउन २०८१, आइतबार

कवि प्राचीनको ‘प्वाँख’ बजारमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ३१ गते । कवि नवीन प्राचीनको कविता सङ्ग्रह ’प्वाँख’ बजारमा आएको छ । नेपालयले प्रकाशन गरेको सङ्ग्रहमा कविले कोमलता र करुणालाई कवितामा उतार्नुभएको छ । सङ्ग्रहमा ८७ कविता सङ्ग्रहित छन् ।कविताबारे बल्दै कवि प्राचीन भन्नुहुन्छ, “कविता मभित्र कुनै कोमल भावना बनी अवतरित भए । मैले सकेसम्म त्यो कोमलतालाई भाषाले थिच्न नदिने प्रयत्न गरेको छु । वर्षौं जतन गरेर राखेका यी भावना पाठकमाझ पुगेर अझ अनुप्राणित हुन्छन् भन्ने कुराले खुसी छु ।’