• १६ भदौ २०८१, आइतबार

निगम र संस्थान निजी क्षेत्रलाई जिम्मा दिनुहुँदैन : नेता पौडेल

blog

अमरराज नहर्की

तनहुँ, असार ३० गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल आयल निगम र खाद्य संस्थान निजी क्षेत्रलाई जिम्मा लगाउन नहुने बताउनुभएको छ । प्रेस युनियन तनहुँले बिहीबार दमौलीमा गरेको पत्रकार भेटघाटमा उहाँले सो कुरा बताउनुभयो । 

खाद्य संस्थानलाई लिमिटेडको रुपमा लैजाँदा किसानले समयमा मल नपाएको उहाँले बताउनुभयो । '‘लिमिटेड बनाउँदा सहज हुन्छ भनेर बनाऔं तर किसानको समस्या समाधान भएन'', नेता पौडेलले भन्नुभयो, “निजी क्षेत्रलाई जिम्मा लगाउने हो भने किसानलाई महँगोमा खरिद गर्नुपरेको छ ।”   

नेपाल आयल निगम र खाद्य संस्थान नेपाल सरकारको पूर्ण स्वामित्वमा राख्नुपर्ने, कमी कमजोरीलाई सुधार गरेर सरकारले नै लिनुपर्ने र निजीक्षेत्रले लिन नहुने उहाँले बताउनुभयो । सत्तारुढ दलको गठबन्धन सङ्घीय तथा प्रदेशको चुनावसम्म आवश्यकता भएको उहाँले बताउनुभयो । स्थानीय तहको चुनावझैं मिलेर देशको संविधान रक्षा गर्न एकजुट हुनुपर्ने उहाँकाे भनाइ छ ।