ल्होमन्थाङमा जिपबाट ओर्लंदा दिनको ३ बजिसकेको थियोे । २०८० साल साउन ८ गते सोमबार बिहान ९ बजे हामीले जोमसोम छोडेका थियौँ । थोत्रिने व्रmममा रहेको बोलेरो जिपले जोमसोमबाट कागबेनी, छुसाङ, चैले, समर, घिलिङ, चराङलगायतका सानाठुला बस्ती डुलाउँदै, उजाड हिमालका काखमा अवस्थित धुले ग्रामीण बाटोमा हल्लाउँदै हल्लाउँदै हामीलाई यहाँ ल्याइपु¥याएको थियोे । गाडीको यात्रा भए पनि थकाइ लाग्नु स्वाभाविक थियो । गोडा निदाए जस्ता लाटा भएका थिए । ओठमुख सुकेको थियो । भुइँमा झरेर यताउता हिँडेर गोडा तन्काएँ । हामीसँगै आएका सशस्त्र प्रहरीका सहयात्री साथी जिपको छतबाट आफ्ना सरसामान ओराल्दै थिए । एउटै जिपमा यात्रारत अन्य व्यक्ति पनि आफ्ना पोकापन्तुरा काखी च्यापेर गन्तव्यतर्फ लम्किसकेका थिए । चारैतिरबाट हरियालीविहीन उजाड हिमाली पहाडद्वारा घेरिएको ल्होमन्थाङलाई सिरसिरे बतासले स्पर्श गरिरहेको थियोे । हामीले पनि आफ्ना झोला उचाल्यौँ र बोलीचालीमा बसपार्क भनिने जिपपार्क छेउको चियाखाजाको होटेलको बाहिरी बरन्डाको एकछेउमा एकछिनका लागि झोला थन्क्याउने बन्दोबस्त मिलायौँ । खगेन्द्र दाजु वरिपरिका पर्यावरणीय अवस्था नियाल्न र केही फोटा खिच्न लालायित हुनुहुन्छ भन्ने उहाँको व्रिmयाकलापले बताइरहेको थियोे । खगेन्द्र दाजु अर्थात् अहिलेको समयका नियात्रा, गजल र मुक्तक लेखनका स्थापित स्रष्टा खगेन्द्र गिरि ‘कोपिला’ ।
जोमसोमदेखिकै सहयात्री एक जना बाले जोमसोमबाट हिँड्दा नै ल्होमन्थाङमा मेरो छोराको पनि होटेल छ भन्नुभएको थियोे । जिपबाट ओर्लंदा फेरि पनि जोड दिएर भन्नुभयो, “ऊ त्यहाँ परको कालो रङको गेट भएको होटेल मेरो छोराको हो । तपाईंहरू त्यहाँ बस्नुभयो भने पनि सुबिस्तै होला ।”
सहयात्री बाले लक्षित गरेर देखाएतिर म आज्ञाकारी बालक झैँ अगाडि बढ्छु र सरासर गेट पार गरेर होटेलभित्र प्रविष्ट हुन्छु । टासी देलेक नामको होटेल बाहिरबाट हेर्दा आकर्षक नै देखिन्थ्यो । होटेलका मालिक होटेलको काउन्टर भान्साघरमा मोबाइल चलाउँदै फेसबुकको पोखरीमा आहाल बसिरहेका थिए । म नजिकै आइपुगेको चाल पाउनासाथ एक्कासि मतर्फ फर्केर अनुहारभरि खुसीको लहर सजाउँदै उनले सोधे, “कोठा चाहिएको हो ?”
“हो,” मेरो ओठबाट निस्केको सङ्क्षिप्त जवाफ भुइँमा खस्न नपाउँदै होटेलका मालिक कोठाको साँचो हातमा झुन्ड्याएर अगाडि बढेँ र म उनलाई पछ्याउँदै गएँ । उनले भुइँतलाको एक कोठाको ताल्चा खोल्दै कोठाको विशेषता वर्णन गर्न थालिसकेका थिए । मैले माथिल्लो तलामा कोठा खाली भए माथिकै देखाउनूस् भनेपछि उनी माथिल्लो तलामा उक्लिए । एक तला माथिको कोठामा नजर पर्नासाथ मैले हुन्छ भनिदिएँ । कोठालाई नकार्नुपर्ने कुनै कारण थिएन । ‘तपाईंको बाले मलाई यो होटेलमा पठाउनुभएको, हामी जोमसोमदेखि सँगै आएका हौँ’ भनेपछि होटेलका मालिक अलि आत्मीय देखिए ।
होटेलको कोठामा आफ्ना झोलाझाम्टा थन्क्याउने व्रmममा मैले सोधेँ, “यत्तिको कोठा भए चल्दैन त दाजु ?”
“कतिबेला कोठा लिएर झोला राख्न र हात गोडा धोएर ताजा हुन पाइएला भन्ने सोचिरहेको थिएँ । कोठा नजिकै पाइयो । यही ठुलो कुरा हो,” धेरैबेरपछि खगेन्द्र दाजुको प्रतिव्रिmया आएको थियोे । “अब तल गएर केही खाउँ र ल्होमन्थाङलाई स्पर्श गरौँ केहीबेर,” दाजुको उर्दीलाई शिरोधार्य गर्दै म पनि तल ओर्लिएँ र भान्साघरभित्र पसेँ । मेरो शरीर भने केहीबेर आराम गर्न लालायित थियो । एक एक कचौरा थुक्पाको झोल पेटमा झारेपछि भने दाजुको अनुहार सेतो हिमालभन्दा पनि उज्यालो देखिएको थियोे । अब हामी पूर्ण रूपमा तन्दुरुस्त भयौँ र बाहिर निस्कियौँ ।
अहा ! ल्होमन्थाङ । कति रमणीय ठाउँ । माथिल्लो मुस्ताङलाई मरुभूमि भन्ने गरेको सुनेको थिएँ तर यहाँ त हरियो परियो पनि देखिँदै छ । निलगिरि हिमाल र धवलागिरि हिमाललाई पार गरेर आइपुगेकाले यहाँको हावापानी सुख्खा महसुस भइरहेको थियोे । हिमालपारिको गाउँ भएकाले निलगिरि र धवलागिरि जति अग्ला हिमाल यहाँ छैनन् । होचा होचा उजाड पहाड नियाल्दै थियौँ हामी । पहाडका छेउछाउ थोप्ला थोप्ला आकारका काँडेदार बुट्यान देखिए । पहाडका कोखामा भित्रसम्म पुगेका ओडार जस्ता काला गुफाको आकृति पनि देखिँदै थियो । अक्सिजन प्राप्त हुन्छ भनेर अचेल भोटेपिपलका बिरुवा रोपेर ससाना जङ्गल बनाउने चलन रहेछ यतातिर । बाटाको छेउमा कल कल गर्दै कुलो बगेको छ पूरै ल्होमन्थाङलाई जीवन दिनका लागि । जमिनमा लगाइएका आलु, केराउ, फापर, उवा र तोरीका रहरलाग्दा बोटले यसलाई मरुभूमि हुनबाट जोगाएका छन् । साउनको दिनमा पँहेलपुर फुलेका तोरीका बोटले यसलाई स्वर्गको टुव्रmाको झल्को दिइरहेका थिए । बालुवा र ढुङ्गाका नाङ्गा पहाडको समथर खोँचमा तोरी फुल्नु चानचुने कुरा थिएन । ढुङ्गैढुङ्गाले बनाएको पर्खालले आफ्नो जमिनलाई घेर्ने माथिल्लो मुस्ताङको चलनलाई यसले पनि निरन्तरता दिइरहेको थियोे । चारैतिरबाट मरुभूमि पहाडद्वारा घेरिएको ल्होमन्थाङ केही हतास जस्तो, केही उदास जस्तो देखिएको थियोे । पर्यटकले भरिभराउ हुँदा भने पक्कै मख्ख पर्दो हो भन्ने सोचेर हामी पनि केहीबेर मुस्कुरायौँ । होटेलबाट निस्कँदा नै यहाँका दर्शनीय ठाउँ, वस्तु के के छन् भनेर होटेल मालिकलाई सोधेका थियौँ । उनैले दिएको जानकारी अनुसार ल्होमन्थाङ दरबार, गुम्बा, घ्याङहरूको अवलोकन गर्न भनेर हामी चोकमा निस्कियौँ । एकै प्रकारका घर, एकै प्रकारका मानिस यहाँका विशेषता रहेछन् । एक संस्कृतिको डोरीले बाँधिएको यसको भव्यतालाई आत्मसात् गर्दै हामी ल्होमन्थाङ दरबारको
छेउमा पुग्यौँ ।
३८४० मिटरको उचाइमा रहेको यो ठाउँ करिब १८० घरधुरीले सहर बन्ने धुनमा, कार्यव्यापारको मार्गमा आधुनिकताको जामा पहिरिएर बसेको छ । धर्म, संस्कृतिमा भने तिब्बती परम्पराले यसलाई एकढिक्का बनाएको रहेछ बौद्ध धर्मावलम्बीका रूपमा । यहाँका बासिन्दामा गुरुङ र विष्टहरूकै आधिक्यता रहेछ । तिब्बतको अस्तित्व रहेकै समयमा भोटबाट आएर यहाँ बसोबास गर्न थालेका रहेछन् । तिब्बत चीनमा बिलय भएपछि भने तिब्बत आउनजान बन्देज लागेको रहेछ । नागरिकतामा थर राख्नुपर्ने भएपछि भने राजाका खलकले विष्ट र अन्यले गुरुङ थर धारण गरेका यहाँका बासिन्दाले पनि अहिले राजनीतिको बर्को ओढेर आफूलाई आफैँले शासन गर्ने परिपाटी अवलम्बन गरेका रहेछन् ।
घुम्दै फिर्दै हामी ल्होमन्थाङ दरबारको मूल ढोकाअगाडिको खाली ठाउँमा पुग्यौँ । स्थानीय बासिन्दा यहाँ जम्मा भएर गफिँदै समय कटाउने रहेछन् । बुढापाका नजिकै पुगेर खगेन्द्र दाजुले ल्होमन्थाङको विगत र वर्तमान खोतल्न थाल्नुभएको थियोे । संस्कृति, धर्म, जात व्यवस्था, आर्थिक, सामाजिक र राजनीतिक पक्षको गहिरोसँग अध्ययन गर्ने मनसाय उहाँमा पहिल्यैदेखि देखिएको थियोे । यहाँका युवराज (अहिले नभए पनि स्थानीयले अझै युवराज मान्ने गरेका) को केही समयअगाडि विवाह भएको खबर सुनिएको थियोे । त्यसको आधिकारिकता परीक्षण गर्ने उद्देश्यले दाजुले स्थानीय व्यवसायी सोनाम गुरुङलाई सोध्नुभयो, “तपाईं युवराजको विवाहमा जानुभयो ? कस्तो भयो ?” आदि ।
सात÷आठ वर्ष जापान बसेर आएका युवा व्यवसायी सोनामले हामीलाई ल्होमन्थाङका बारेमा धेरै कुरा जानकारी गराए । हिउँदमा पोखरा र काठमाडौँ अनि गर्मी मौसममा ल्होमन्थाङ बस्ने, धेरैको दुवैतिर घर हुने गरेको उनले बताए । ख्यालठट्टामै उनले भनिदिए, “काठमाडौँको बौद्धलाई ल्होमन्थाङ र ल्होमन्थाङलाई काठमाडौँको बौद्ध भने पनि हुन्छ ।”
ल्होमन्थाङ दरबार, स्थानीय तीन वटा ठुला गुम्बा र नजिकै सेतो बग्ने कालीगण्डकीको कल कलले यहाँको इज्जत बढाएका छन् । तीन वटा गुम्बाभित्र पुगेर त्यहाँभित्रको भव्यता, कलाकौशल र बुद्धको भव्य मूर्ति नियाल्दा हामी धार्मिक र सांस्कृतिक सम्पदा धेरै नै धनी छौँ भन्ने लागिरह्यो । हामीले ल्होमन्थाङलाई चारैतिरबाट अघाउन्जेल नियाल्यौँ र लामाको स्थानीय विद्यालयमा पुगेर केहीबेर सुस्तायौँ । त्यस विद्यालयको पढाइ पूरा गरी थप शिक्षाका लागि भारत जाने चलन रहेछ अझैसम्म पनि ।
यहाँका स्थानीय गुम्बाको अवलोकनअघि ल्होमन्थाङ दरबारको बाहिरपट्टि भेटिएका वडाध्यक्षसँग केहीबेर गफिएका थियौँ । उनले आफू पहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यकर्ता रहेको र अहिले सरकारी गठबन्धनका तर्फबाट निर्वाचित भएको बताएका थिए । पहिले निर्वाध रूपमा तिब्बत आउनेजाने गरेकोमा अहिले चीन जान नपाउने व्यवस्था रहेकामा आफूलाई बेखुसी लागेको बताए । अर्काे जिज्ञासाको जवाफमा उनले भनेका थिए, “यहाँको आम्दानीको मुख्य स्रोत पशुपालन र होटेल व्यवसाय नै हो । भेडा, च्याङ्ग्रा, घोडा र याक यता पालिने पशु हुन् ।
ल्होमन्थाङका साँघुरा बाटामा हिँडिरहँदा हामीले केबल घर मात्रै नियालिरहेका थिएनौँ, बाटोमा देखिने मानिसको पोसाक पनि नियालिरहेका थियौँ । यहाँका विवाहित महिलाले बख्खु लगाउने गर्दारहेछन् भने पुरुषले चाहिँ खाम्से लगाउने चलन भए पनि पुरुषमा भने त्यसको अनिवार्यता देखिएन । गाउँका महिला, पुरुष घ्याङ, गुम्बामा गएर पूजापाठ गर्दा रहेछन् । गाउँमा छोर्तेन, म्हाने बनाउने र मानिस हिँड्दाखेरि म्हानेलाई दाहिने पारेर हिँड्ने संस्कार विकसित गरेका रहेछन् । आफ्नो घर र गाउँको सुरक्षाका लागि घरको मूल ढोकामा याक र भेडाको टाउको झुन्ड्याउने प्रचलन रहेछ अझैसम्म पनि । युवायुवतीका लागि त ल्होमन्थाङ पनि युरोप भइसकेको रहेछ । यस हिमाली सहरलाई शासन गर्न ल्होमन्थाङ गाउँपालिका, शान्ति सुरक्षाका लागि प्रहरीको सानो टोली र यहाँको अर्थतन्त्र चलायमान बनाउन प्रभु बैङ्क र उपचार पद्धतिका लागि स्थानीय ल्होमन्थाङ अस्पताल सव्रिmय रहेछन् । ल्होमन्थाङका यावत् पुराताŒिवक कुरालाई हेरेर मन अघाएकै थिएन । अन्धकारले आफ्नो शासन स्थापना गरिसकेको थियोे । बाटोछेउमा बलेका बत्तीले भन्दै थिए, “यति रातिसम्म कहाँ डुलेर बसेको ? बेलैमा बासस्थान फर्कनु पर्दैन ?”
साँझपछिको बालक रात युवा हुँदै गइरहेको थियोे । हामी होटेलमा आइपुग्यौँ । हाम्रो उपस्थितिले खुसी देखिएका होटेलका हँसमुख मालिक भन्दै थिए, “हामी त सर हराउनुभयो कि भन्ने सोच्दै थियौँ ।”
हाम्रो भोजन पनि तयार भइसकेको थियोे । अब खाएरै कोठामा जाने सल्लाह भयो । भान्साघरमा पस्यौँ । दुई जना खाना खाँदै थिए । परिचयका लागि नाम सोध्यौँ । सञ्जय र अजय रहेछ नाउँ । काठको काम गर्दा रहेछन् यहाँ । पहिले त घर वीरगन्ज भनेर बताएका थिए । थप खोतल्दै जाँदा थाहा भयो– उनीहरू (भारत) मोतिहारीका रहेछन् ।
खाना खाँदै गर्दा होटेलका मालिकको नाम पनि थाहा पायौँ । होटेलका मालिक छेवाङ गुरुङ र उनकी पत्नी कार्चुङ विष्ट फरासिला र हँसिला जोडी रहेछन् । छेवाङ दम्पतीको आतिथ्यताले दङ्गदास पर्नुभएका खगेन्द्र दाजु खाना खानुभन्दा बढी गफ गरिरहनुभएको थियोे । घरी काठका मिस्त्री भाइलाई जिस्क्याउने, सोधखोज गर्ने गरिरहनुभएको थियोे ।
खाना खाएपछि पनि निकैबेर गफको सिलसिला चल्यो । एकैछिनमा हामी सबै एकै परिवारका सदस्य जस्ता भइसकेका थियौँ ।
करिब ९ बजेतिर कोठामा उक्लियौँ । दिनभरिका गतिविधिको समीक्षा ग¥यौँ । घरमा रहेका आफ्ना परिवारजनसँग हाइहेल्लो ग¥यौँ । फेसबुकमा फोटा राख्ने नित्यकर्म गर्न त बाँकी नै थियो । त्यो पनि पूरा ग¥यौँ ।
केही सम्झे जस्तो गरेर खगेन्द्र दाजुले भन्नु भो, “भाइ, अब सुतौँ । भोलि बिहान ६ बजेतिर हिँड्नु पर्छ । भोलिको गन्तव्य कोरला ।”
म अटेरी बालक झैँ फेसबुकको पिङमा झुन्डिरहेको थिएँ । खगेन्द्र दाजु रातको चकमन्नतालाई चिर्दै घुर्न थालिसक्नुभएको थियोे । त्यसपछि म पनि निद्रादेवीलाई पव्रmन जोडबल गर्न थालेँ ।
बागमती–११, कर्मैया, सर्लाही