काठमाडौं, असार १६ गते । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले घटेर ९७ हजार पाँच सय रुपियाँ कायम भएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९७ हजार आठ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार तीन सय रुपियाँ थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले घटेर एक हजार २३५ रुपियाँ तोकिएको महासङ्घले जनाएको छ ।