• ५ असोज २०८१, शनिबार

चट्याङ लागेर तीन जनाको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, असार १४ गते । सुदूरपश्चिम प्रदेशमा आज चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । खेतमा काम गरिरहेको अवस्थामा कैलालीमा एक र कञ्चनपुरमा दुई गरी तीन जनाको ज्यान गएको हो । प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीस्थित खेतमा रोपाइँ गरिरहेको अवस्थामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ लागेर ज्यान गएको छ । मृतक चौधरी रेडियन्ट ग्यासको खेतमा काम गर्दै हुुनुहुन्थ्यो । 

त्यस्तै, कञ्चनपुरको पुनार्वास नगरपालिका–८ मा चट्याङ लागेर २५ वर्षीया शारदा थापाको ज्यान गएको छ । खेतमा काम गर्ने क्रममा उहाँलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय पुनर्वासका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लले जानकारी दिनुभयो । 

यसैगरी, सोही नगरपालिकाको वडा नम्बर ६ टाउन बजार प्रतिभा नगरका ४० वर्षीय देवेन्द्र श्रेष्ठको पनि चट्याङ लागेर ज्यान गएको छ । 

चट्याङ लागेर कञ्चनपुरकै बेलौरी नगरपालिका–९ की ३० वर्षीया बजलिया राना घाइते हुनुभएको छ । गुलरियास्थित इशान अस्पतालमा उहाँको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । आज बिहान मुसलधारे पानी पर्न थालेपछि किसान रोपाइँका लागि खेतमा पुगेका थिए ।