• २७ वैशाख २०८१, बिहिबार

दूध लिन गएका दुई बालिका पोखरीमा मृत फेला

blog

एकिन्द्र तिमिल्सेना

टीकापुर (कैलाली), असार १४ गते । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ मलभङ्गामा इँटाभट्टामा जमेको पानीमा डुबेर दुई बालिकाको ज्यान गएको छ ।

असार १३ गते सोमबार साँझ छ बजेतिर छिमेकमा दूध लिन गएका लालबहादुर विष्टका सात वर्षीया छोरी आश्रिया विष्ट र भीमबहादुर कुँवरका छ वर्षीया छोरी भावना कुँवरको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक शङ्कर खड्काका अनुसार दूध लिन भनेर गएका बालिकाहरु सात बजेसम्म पनि नफर्केपछि खोजतलास गर्दा ती बालिका भेटिएका थिए ।

घाइते बालिकालाई एक क्लिनिकमा उपचारका लागि लगे पनि स्वास्थ्यकर्मीले पानीमै मृत्यु भएको घोषणा गरेका थिए ।