• १३ असोज २०८१, आइतबार

अविरल वर्षाका कारण पाल्पा- बुटवल सडकखण्ड अवरूद्ध

blog

रेखीराम राना 

पाल्पा, असार १४ गते । गएरातिदेखि परेको अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा- बुटवल सडक खण्ड अवरूद्ध बनेकाे छ ।  सिद्धवाबा क्षेत्रमा पहिराे खस्दा बिहानैदेखि सडक अवरुद्ध भएको हाे । सडकमा लेदोसहित ढुङ्गा खसेकाे प्रहरीले जनाएकाे छ । 

रातिदेखि निरन्तर वर्षा भएका कारण तत्काललाई सडक खुलाउन सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार दोभान प्रहरी चेक पोष्टदेखि चिडियाखोलासम्म आधा दर्जन स्थानमा ढुङ्गा र पहिरो खसेको छ । सडक अवरूद्ध हुँदा पाल्पादेखि बुटवल र बुटवलबाट पाल्पातर्फ सयाैँ सवारीसाधन बाटाेमा राेकिएका छन् ।