• १३ साउन २०८१, आइतबार

अहिले पनि नेपाल अर्धऔपनिवेशिक अवस्थामा छ : अध्यक्ष केसी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १३ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश अर्धऔपनिवेश अवस्थामा रहेको बताउनुभएको छ । राजधानीमा आयोजित 'नेपालमा समाजवादः चुनौती र सम्भावना' विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै उहाँले साे धारणा राख्नुभएकाे हाे ।

काठमाडौंमा फोहोरको समस्या समाधान गर्न दलहरु चुकेको भन्नुहुँदै उद्योगभन्दा खोलेर जनतालाई रोजगारी दिने र विदेश पलायन हुनबाट रोक्ने कुरा भन्नका लागि मात्र भनिएको जस्तो भएको उहाँले बताउनुभयो ।

“मुखले समाजवाद, गणतन्त्र भनेर मात्र नहुँदो रहेछ । पहिलाभन्दा अहिले आलोचना र  विरोध गर्न पाएका छौं तर, आलोचना गरेर भोको पेट भर्दो रहेनछ । मुलुक आत्मनिर्भर छैन, अर्धऔपनिवेशिक अवस्थामा छ ।” उहाँले भन्नुभयो । 

देशमा जलश्रोत, कृषि क्षेत्रमा निकै सम्भावना भए पनि आएको परिवर्तनबाट नेपाली जनताको आधारभूत समस्या समाधान गर्न राजनीतिक दलहरु चुकेको उहाँको भनाइ छ । उहाँले राजनीति गर्नेकाे जीवन मात्रै परिवर्तन भए त्यो मान्य नहुने  बताउनुहुँदै शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मा राज्यले लिनसक्नुपर्छ, भन्नुभयाे ।