• ४ जेठ २०८१, शुक्रबार

लेकमा हिमाली आलुको बीउ उत्पादन गरी ब्राडिङ

blog

बाह्रबिसे नगरपालिका वडा ९ आरुखर्क चापानी लेकमा व्यवसायिक आलु वीउ उत्पादन खेती ।

चित्र मिजार

सिन्धुपाल्चोक,  असार १३ गते । बाह्रबिसे नगरपालिका–९ आरुखर्क चापानी लेकमा  लेकाली आलुको बीउको व्यावसायिक उत्पादन थालिएको छ । स्थानीय समुदायले ६० रोपनी निजी जग्गामा व्यावसायिक रुपमा आलुखेती गरी आलुको बीउ उत्पादन गर्न थालेका छन् ।

बाह्रबिसे नगरपालिका पशु शाखाका पीताम्बर घिमिरेका अनुसार सङ्घीय सरकारको सर्शत अनुदान २६ लाखको बजेटमा आलुकाे बीउ उत्पादन  गरिएको हो । नगरले बीउ उत्पादनका लागि कृषक समूहका लागि सूचना प्रकाशित गरेको थियो । उक्त सूचनाअनुसार ‘श्री तपाईं हाम्रो नमुना साना किसान सहकारी संस्था लिमिटेड’ को सेतीदेवी कृषि समूहले आलुकाे बीउ उत्पादन खेती गर्न जिम्मा पाएको थियो ।

उहाँका अनुरुप आलु उत्पादन गर्न दुई वटा ट्याक्टर, मल, बीउ, कामदार, विषादी, कृषि भवनमा रकम खर्च भएको छ । ‘स्थानीय कृषि सहकारीकै फार्म समूहले जिल्लामै उत्कृष्ट प्रजातिको आलु मानिने शैलुङ र मुडेबाट २७ मुरी आलु ल्याएर बीउ उत्पादन थालिएको घिमिरेले जानकारी दिनुभयो । यसअघि माघको अन्तिममा शैलुङ र मुडेमा उत्पादित आलु ल्याएर रोपिएकोमा आहिले सुरुवाती चरणमा तीन सय टन आलु उत्पादन भएको अनुमान गरिएको छ ।