• १२ असोज २०८१, शनिबार

राखेपद्वारा खेलकुद विश्वविद्यालय कार्यदल गठन

blog

खेलकुद विश्वविद्यालय सम्बन्धी कार्यदलका सदस्यहरु । तस्बिर : राखेप

काठमाडौं, असार ७ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदको समग्र विकासका लागि खेलकुदसम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनु पर्ने आवश्यकतालाई मध्यनजर गरी खेलकुद विश्वविद्यालयसम्बन्धी कार्यदल गठन गरेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ को उपदफा १ अनुसार ध्रुवबहादुर प्रधानको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलका सदस्यहरुमा गीता क्षेत्री राणा, युवराज लामा, रमेशराज पन्त, ओमकृष्ण प्रसाईं, डा. शुभेन्दु गुप्ता, रवि राजकर्णिकर, सूर्यबहादुर अधिकारी, नीलेन्द्रराज श्रेष्ठ, सुमन डिसी, सुजिना गुरुङ, डा. अचुतम लामिछाने र हरिहर श्रेष्ठ रहनुभएको छ । 

राखेप सदस्य सचिव टङ्कलाल घिसिङले उहाँहरुलाई मङ्गलबार पत्र हस्तान्तरण गर्नुभयो । उक्त अवसरमा सदस्यसचिव घिसिङले भन्नुभयो– ‘योजना बनाउन जति जरुरी छ, त्योभन्दा पनि अझ महत्वपूर्ण पाटो योजनालाई कार्यान्वयन तहमा पु¥याउनु हो । कार्यदलमा विज्ञ र अनुभवी महानुभावहरु हुनुहुन्छ । यहाँहरुबाट मैले धेरै आशा गरेको छु ।’