• १८ असार २०८१, मङ्गलबार

डोनबासकाे अधिकांश भूभाग रुसी फौजकाे कब्जामा

blog

तस्विर – ग्लेब गारानिच / रोयटर्स

गोरखापत्र अनलाइन

काठमाडौं,  जेठ ३१ गते । रुसी सेनाले पूर्वी युक्रेनको डोनबास क्षेत्रलाई पूर्ण रुपमा नियन्त्रण गर्नको लागि सेभेरोडोनेत्सक शहर बाहिरका सबै पक्की पुलहरुलाई ध्वस्त बनाएको छ ।

पश्चिमी युक्रेनसँगको सबै सम्पर्क टुटाउनका लागि रुसी सेनाले यस्तो कदम चालेको स्थानीय सरकारले जनाएको छ । युक्रेनले सो क्षेत्रबाट स्थानीयलाई उद्वार गरेपछि रुसी सेनाले यस्तो कदम चालेको अल जजिराले उल्लेख गरेको छ ।


सो क्षेत्रको सबैभन्दा रणनीतिक केन्द्रको रुपमा रहेको यस शहरको ७० प्रतिशत भूभाग रुसी फौज र रुस समर्थित युक्रेनी विद्रोहीको कब्जामा पुगेको युक्रेनको क्षेत्रीय गभर्नर सेर्हिय हाइदाइले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

युक्रेनको पूर्वी क्षेत्र डोनबासलाई पूर्ण रुपमा नियन्त्रण गर्न रुसी फौज आक्रामक रुपमा प्रस्तुत भएको बताइएको छ ।

बीबीसीका अनुसार त्यहाँ करिब दश हजार गैरसैनिक नागरिक फसेका छन् । –उपेश महर्जन