• ३ असार २०८१, सोमबार

विद्युतको तार चेक गर्दा करेन्ट लागेर मृत्यु

blog

जानु पाण्डे

कपिलवस्तु, जेठ ३१ गते । कपिलवस्तुको बाणगङ्गा नगरपालिका ४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । छिमेकीको घर बनाउन आवश्यक उपकरण चलाउन दिएको विद्युतको तारबाट करेन्ट लाग्दा वर्ष ४५ का निमबहादुर भुसालको मृत्यु भएको हो ।

छिमेकीको घर बनाउन प्रयोग गरिएको विद्युत् तारमा समस्या देखिएपछि भुुुसाल चेक गर्न भनी घरको छानामाथि चढ्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेपछि उनी भुइँमा बजारिएका थिए । 

मृतक भुसाल तार चेक गर्न सोमबार साँझ ६ बजे टिनको छानामाथि चढेका थिए । हावाको बहावका कारणले तार र टिनबीच घर्षण हुँदा तारको इन्सुलेटर काटिएको थियो । काटिएको तारको कन्डक्टरले टिनमा छोएपछि करेन्ट लागेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।