• २३ जेठ २०८२, शुक्रबार

रोकियो सडक कालोपत्रे

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी (बेनी), जेठ २१ गते । बजेट अभाव हुँदा बेनी–दरबाङ सडकको तेस्रो खण्ड रणबाङ–दरबाङ सडक कालोपत्रे योजना रोकिएको छ । यो खण्डको सात किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न पूर्वाधार विकास कार्यालयले छ वर्षअघि ठेक्का लगाएको थियो । ठेकेदारको लापर्बाहीले सडक निर्माणमा ढिलासुस्ती हुँदै आएको उक्त सडक निर्माण योजना अघिल्लो वर्ष भने ठेकेदार कार्यस्थलमा फर्किएर काम थालेको थियो । रणबाङदेखि तोलाबाङसम्मको साढे तीन किलोमिटर सडक कालोपत्रे गरेपछि बाँकी सडक कालोपत्रे गर्न बजेट अभाव हुँदा ठेकेदार काम छाडेर कार्यस्थलबाट बाहिरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो ।