• २३ असार २०८१, आइतबार

टेलिकमको नयाँ एपमा निःशुल्क टीभी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २७ गते । नेपाल टेलिकमले सुरु गरेको नयाँ एपबाट निःशुल्क रूपमा टेलिभिजन हेर्न सकिने भएको छ । टेलिकमले परीक्षणका रूपमा सुरु गरेको ‘एनटीटीभी’ एपमार्फत चौबिसै घण्टा निःशुल्क रूपमा टेलिभिजन हेर्न सकिने भएको हो । टेलिकमको यो एप एन्ड्रोइड र प्ले स्टोर दुवैमा उपलब्ध छ । यो एपमा सम्पूर्ण नेपाली च्यानलसहित ‘फ्री टु एयर’ अन्य टेलिभिजन च्यानल हेर्न सकिनेछ ।

यो एप डाउनलोड गरेर आफ्नो मोबाइल नम्बर र ओटीपी कोड राखेपछि एप प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएको छ । त्यसपछि वाइफाई अथवा डेटा प्याकमार्फत टेलिभिजन च्यानलहरू हेर्न सकिने टेलिकमले जनाएको छ । 

यसैबीच टेलिकमले आफ्नो डेटा तथा भ्वाइस प्याक अब नमस्ते पे एपबाट पनि खरिद गर्न सकिने सुविधा उपलब्ध गराएको छ । नमस्ते पे नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैङ्कको संयुक्त लगानीको डिजिटल भुक्तानी सेवा प्रदायक हो ।