• ४ जेठ २०८१, शुक्रबार

सरकारले मल ल्याउन नखोजेको आरोप

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ २५ गते । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले सरकारले मल ल्याउन नखोजेको आरोप लगाउनुभएको छ ।

बुधबारको प्रतिनिधि सभाको बैठकमा कृषि मन्त्रालयका लागि विनियोजित बनेमाथि आफ्नो धारणा राख्नुहुँदै सांसद भट्रटराई सो आरोप लगाउनुभएको हो ।

‘‘आज बालीनाली लगाउने बेला भइसकेको छ । मलको हाहाकार छ । मल छैन ।,’’ उहाँले भन्नुभयो, ‘‘हामीले सुनिराख्याछौं मल खोज्न कृषिमन्त्री भारततिर जानुभएको छ । कहाँ पुग्नुभयो ? उहाँको हालखबर के छ ? मल आउँछ कि आउँदैन ? मल ल्याएर आउनुहुन्छ कि आउनुहुन्न ?’’

उहाँले सरकारले मल ल्याउन नखोजेको आशङ्का व्यक्त गर्नुभएको छ । ‘‘मल आउँछ तर यो सरकारले मल ल्याउन खोजेको छैन । मलमा माल खोजिरहेको छ ।,’’ उहाँले भन्नुभयो ।