• १९ पुस २०८१, शुक्रबार

प्रशिक्षार्थी खेलाडीलाई फुटबल ड्रेस

blog

फुटबलको नयाँ ड्रेस पाएपछि खेलाडी । तस्बिर : राजन रावत

गोरखापत्र समाचरादाता

हुुम्ला, जेठ २० गते । एक महिनादेखि ग्रासरुढ फुटबलको प्रशिक्षण लिदै आउनुु भएका खेलाडीहरुलाई ड्रेस सहयोग गरिएको छ । प्रशिक्षण सुुरु भएको एक महिना अवधि पुुगेको अवसर पारी हुम्ला फुटबल ऐकेडेमी ड्रेस सहयोग गरेको हो ।

ऐकेडेमीका अध्यक्ष बिष्णुु रावतले खेलाडीहरुलाई प्रशिक्षण गर्न सहज होस भन्नका लागि पचास थान ड्रेस सहयोग गरिएको बताउनुुभयो । उहाँले एक महिनाको समयमा सफल रुपमा प्रशिक्षण कार्य भएकोले ऐकेडेमीको आफ्नै लगानीमा सो सहयोग गरिएको बताउनुुभयो । 

अन्य ड्रेस लगाएर खेलाडीहरुले प्रशिक्षण लिई रहेको बेला सहयोग पाएपछि खेलाडीलाई प्रशिक्षण लिन सहज हुनेछ । उक्त प्रशिक्षणमा ६ देखि १४ वर्ष उमेरका ८० जना महिला र तथा पुुरुष खेलाडीले सहभागीता जनाउदै आउनुु भएको छ । त्यसैगरि प्रशिक्षणको क्रममा उत्कृष्ट प्रशिक्षार्थी खेलाडी हिक्मत सुनारलाई एक थान फुुटबल प्रदान गरिएको छ ।  ११ जना साना खेलाडीलाई एक एक थान मोजा प्रदान गरिएको छ । महिलातर्फ उत्कृष्ट सुबिस्ता रावतलाई फुटबल जुत्ता प्रदान गरिएको एकेडेमीले जनाएको छ ।