• ८ जेठ २०८१, मङ्गलबार

जातीय विभेदका कारण श्रीमतीलाई यातना

blog

बिन्दु थापा 

तानसेन, जेठ २० गते । पाल्पाको तानसेन नगरपालीका ९ दमकडाकी मोना क्षेत्री भुषालले बिगत ३ बर्षदेखी जातीय विभेदको सिकार बन्न पुग्नुभएको छ । उहाँले २०७४ फागुनमा दमकडाका ब्राहमण जातका अनुपम भुषालसँग प्रेम गरी मागी विवाह गर्नुभएको थियो । 

एक सानो दुधे बालककी २४ बर्षीय क्षत्रीले विवाह गरेको केहि दिनबाटै क्षेत्री भएका कारण शारीरिक र मानसिक यातना सहनुपर्यो । मोनाले तप्प आशु चुहाउँदै भन्नुभयो हिजो मैले प्रेम गरेको व्यक्ति होकी होइन छुट्याउन सकिन । उहाँले भन्नुभयो, ‘कोभिडका कारण सासु आमाको ज्यान गयो । त्यतिखेर मलाई क्षत्रीको छोरी भएकै कारण छुट्टै कोठामा क्रिया गर्न लगाइयो । मैले पकाएको खाने त के कुरा छोएको समेत खानुभएन घर परिवारले ।’

क्षेत्रीले आफुलाई अरुले जे गरेपनि माया गरेर विवाह गरेको श्रीमानबाट यस्तो आशा नगरेको पनि बताउनुभयो । ‘म क्षेत्रीकै छोरी भएको कारण विभेद गर्नुहुन्छ र दिनरात पिट्नुहुन्छ । कुटाई खाएर बस्नुभन्दा अब कानुनी उपचार खोज्न लागेकी छु,’ उहाँले भन्नुभयो । 

श्रीमानको कुटाइ खान नसकेर क्षेत्रीले एक बर्षदेखी ३१ महिनाको छोरो लिएर पाल्पाको कैलाशनगर स्थित माइतमा बस्दै आउनुभएको छ । क्षेत्रीकी कान्छी सासु नेपाली कांग्रेसका नेता सिता भुषालले आफनो धर्म र संस्कार भुल्न नहुने भएकाले क्षेत्री या अन्य तल्लो जातका कोहीलाई पनि पुजाआजामा सामेल गर्न नसकिने भन्दै ठाडो प्रतिक्रिया दिनुभयो । 

उहाँले विवाह अगाडी यो सबै कुरा भनेर नै विवाह गरेको बताउँदै यसमा आफुहरुको कुलमा मिसाउन नमिल्ने जानाकारी दिनुभयो । उहाँले मात्र होइन कान्छा ससुरा मोहन भुषालले पनि धर्म र संस्कृतिलाई भुलिहाल्न नसकिने प्रतिक्रिया दिनुभयो । 

मोना क्षेत्रीका माइलो जेठाजु पवन भुषालले आमाको मृत्यु हुँदा ठाडो क्रिया गर्न दिएकोमा खुशी मान्नु पर्ने बताउनुभयो । आफनो धर्म र संस्कार जोगाउनपर्ने भन्दै आफुलाई कसैले केहि गर्न नसक्ने पनि उहाँले बताउनुभयो । जेठानी केशरी पाण्डे भुषालले चल्दै आएका परम्परालाइ मान्नुपर्ने बताउनुभयो । उहाँले धर्म मान्दा विभेद हुन्छ भने केहि गर्न नसकिने भन्दै कानुनलाई नै चुनौती दिनुभयो ।

पाल्पामा पछिल्लो समयमा यस्ता घटना कम हुन सकेको छैन । पाल्पाको बग्नासकाली गाउपालीका चिर्तुङधारा मैदानका पूर्णबहादुर श्रेष्ठलाई दलितसँग विवाह भएकै कारण घरमै आउन पाउनु भएन । तानसेन नगरपालीका ९ दमकडाका वडा अध्यक्ष राजेशकुमार अर्यालले कुनैपनि व्यक्तिलाई जातकै कारण विभेद गर्न नमिल्ने बताउनुभयो । उहाँले कोहि अन्यायमा पर्न नहुने भन्दै दुवै पक्षलाई राखेर मिलाउन कोशिस गरिने पनि बताउनुभयो ।