• २ चैत २०८१, शनिबार

हराएको पाँच महिनामा मृत फेला

blog

तिलाचन पाण्डे

तम्घास,चैत २ गते । गुल्मीमा कात्तिकमा हराएका एक ब्यक्ति चिलाउनेको रुखमा भुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गत कात्तिक ३ गतेदेखी हराएका इश्मा एकका ५९ वर्षीय कुले सुनार शनिबार दिउँसो तुमरुक खोलास्थित चिलाउनेको रुखमा नाइलनको डोरीले झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिनुभयो ।  

कंकालजस्तो देखिएको निजलाई २५ वर्षीय छोरा अजित सुनारले बुबाले लगाएको कपडाको आधारमा पहिचान गरेको दाहालले बताउनुभयो । घटनाको बारेमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ  ।