• २ चैत २०८१, शनिबार

गोरखामा १५० बढी कुकुरको बन्ध्याकरण

blog

कुकुरको बन्ध्याकरण गरिँदै । तस्बिर : गोरखापत्र

गुणबहादुर रोका 

सुलीकोट, चैत २ गते । गोरखामा एक सय ६२ कुकुरको बन्ध्याकरण गरिएको छ ।

गोरखा नगरपालिकाको आयोजनमा तथा भेटनरी अस्पताल तथा पशु सेबा बिज्ञकेन्द्र गोरखाको प्राबिधिक सहयोगमा सामुदायिक १२९ र घरपालुवा ३३ कुकुरलाई बन्ध्याकरण गरिएको गोरखा नगरपालिकाका पशु सेबा प्रमुख डा.सुबास बेल्बासेले जानकारी दिनुभयो । 

अहिले गोरखा सदरमुकामका मुख्य सडक र बजार क्षेत्रमा कुकुरहरुको संख्या अत्याधिक मात्रामा बढिरहेकाले सबारी साधानहरु दुर्घटनामा पर्ने र बिभिन्न किसिमका रोगहरु फैलने सक्ने भएकाले पनि कुकुरको बन्ध्याकरण गरिएको गोरखा नगरपालिकाले जनाएको छ । 

मुख्य सडक भरि छोडिएका कुकरहरुको भीडले सडक दुर्घटना बढ्नुका साथै कुकुरको टोकाईबाट मानबिय क्षति नहोस् भनेर तालिम प्राप्त पशु बिज्ञको टोली तथा गोरखा नगरपालिकाका पशु सेबा कार्यालयका टोलीको सहयोगमा कुकुलाई सडक र घरबाट समातेर बन्ध्याकरण अभियान थालेको कार्यालय प्रमुख बेल्बासेको भनाई छ । 

गोरखा सदरमुकामको मुख्य बजार क्षेत्रमा रहेको गोरखा नगरपालिका–८ देखि मुख्य बजार गोरखा नगरपालिका–६ बसपार्क, नयाँबजार क्षेत्रको कुकुरलाई समातेर बन्ध्याकरण गरिएको बताइएको छ । 

शिबिरको लागि ३ जना पशुचिकित्सक सहित ३ जना प्राबिधिक जनशक्तिको ब्याबस्थापन गरिएको थियो । नगरपालिका भित्र दुर्घटना न्युनिकरण गर्नको लागि गोरखा नगरपालिकाको अभियानले दुर्घटनाको खतरा टरेको छ । 

त्यस्तै गरी सदरमुकाम क्षेत्रमा अत्यधिक मात्रामा बाहिरबाट आएका सामुदायिक कुकुरहरुको संख्याले कुकुरको टोकाईबाट मानिस, गाई, भैसी र बाख्रालाई समेत रेबिज लागेको कुकुरले टोकेको भन्ने गुनासो आएपछि गोरखा नगरपालिकाले कुकुरको बन्ध्यकारण तथा कुकुरलाई रेबिज बिरुद्धकको खोप पनि दिईएको पशु शाखा प्रमुख डा बेल्बासेले बताउनुभयो । 

रेबिज सबै भन्दा प्राणघातक रोग भएकाले पनि यसलाई समयमै रेबिजको बिरुद्धको खोप लगाउनुपर्छ, डा. बेल्बासेलले भन्नुभयो, “रेबिजलाई नेपाल सरकारले सन् २०३० सम्ममा कुकुरको टोकाईबाट मान्छेमा लाग्ने रेबिजलाई शुन्यमा झार्ने राज्यको निति अनुसार नै रेबिज बिरुद्धको खोप दिइएको छ,” उहाँले भन्नुभयो ।