काठमाडौँ, फागुन २४ गते । नेपालले इरानमा सम्पन्न छैटौँ एसियाली महिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जितेको छ ।
च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग ५६–१८ ले पराजित भएसँगै नेपालले कांस्य जितेको हो । नेपालसँगै बङ्गलादेश पनि संयुक्त रुपमा तेस्रो भएको नेपाल कबड्डी सङ्घले जनाएको छ ।
भारतले स्वर्ण र आयोजक इरानले रजत जित्यो । चीनमा गतवर्ष भएको १९औँ एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डीमा कांस्य जितेको थियो ।
एसियाली महिला कबड्डी प्रतियोगिता २०६० सालदेखि सुरु भएको कबड्डी सङ्घले जनाएको छ ।