• ७ वैशाख २०८२, आइतबार

महिला दिवसको अवसरमा 'मार्केट मार्च'

blog

निशा राई

धरान, फागुन २४ गते । ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा झुनास फिट्नेस एन्ड वेलनेस धरान १९ ले मार्केट मार्च कार्यक्रमको आयोजना गरेको छ ।

स्टलमा महिलाहरुले उत्पादन गरेका हस्तकला, रेडिमेड उत्पादनहरु, बिरुवा, रैथाने उत्पानहरू र जातिय परिकार र कोरियन परिकारहरु रहेको झुनास फिट्नेस एन्ड वेलनेसका सञ्चालक तथा फिटनेस प्रशिक्षक झुना राईले बताउनुभयो । 

स्थानीय महिला दिदी बैनीहरूले सानो लगानीमा उत्पादन गरेका उत्पादनहरूलाई प्रवर्धन गर्ने उद्देश्यले मार्केट मार्च गरेको सञ्चालक राईले बताउनुभयो । “यो चौथो मार्केट मार्च हो यसलाई विस्तारै परिमार्जन गर्दै लाने छौं” उहाँले भन्नुभयो । 

महिलाहरूको कामको अधिकार, समान ज्यालाको अधिकार, मताधिकारको अधिकार सहितको विद्रोहको इतिहास बोकेको ८ मार्चको इतिहासलाई स्मरण गर्दै महिलाहरूको मिहिनेत र सङ्घर्षलाई प्रवर्धन गर्न मार्केट मार्च गरिएको सञ्चालक राईले बताउनुभयो । 

२० वर्षदेखि फिट्नेस प्रशिक्षकका रूपमा क्रियाशील राईले आफ्नै लगानीमा पाँच वर्षदेखि सञ्चालन गरेको झुनाज फिट्नेश एन्ड वेलनेसमा जुम्बा, एरोबिक, कार्डियो, स्पा, साउना, जिम, स्विमिङ र क्याफेको सेवाहरू दिइरहेको छ ।

झुनास फिट्नेस एन्ड वेलनेस धरान १९ ले ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मार्केट मार्च कार्यक्रमको आयोजना गरेको छ । 

यस मार्टमा महिलाहरूले उत्पादन गरेका हस्तकला, रेडिमेड उत्पादनहरू, बिरुवा, रैथाने उत्पादनहरू र जातीय परिकार र कोरियन परिकारहरू सहित ३२ वटा स्टलहरू रहेको झुनास फिट्नेस एन्ड वेलनेसका सञ्चालक तथा फिटनेस प्रशिक्षक झुना राईले बताउनुभयो ।