शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बाटो देखाउन खोजेँ,
अर्ती दिन खोजेँ,
कचकच ग-यो भन्छन् सन्तान
ढोका ढ्यामढुम लगाएर बसेँ ।
बुढो म त,
पोहोर लगाएको जस्ताको छानो भएछु ।
परेवाका बिस्टा छेकिदिने
घाम, पानी, बतासलाई
ओत बनेर छेकिदिने, तर...
हल्ला ग¥यो भनेर फल्स सिलिङ लगाएछन् ।
अँधेरो रात, जाडोको याम छ
शीत छेकिरहेको छु, चुपचाप ।
अहिले हल्ला गर्दिनँ,
चुपचाप शीत छेकी नै रहेको छु ।