• १३ साउन २०८१, आइतबार

विमान दुर्घटनाले प्रधानमन्त्री देउवा दुःखी

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, जेठ १६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार पोखराबाट जोमसोम विमान स्थलका लागि उडेको तारा एयरको जहाज दुर्घटनामा परी त्यसमा सवार सबैको निधन भएकोप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सो जहाजमा चालक दलका सदस्य र यात्रु गरी २२ जना सवार हुनुहुन्थ्यो ।  

प्रधानमन्त्रीले सोमबार दिनुभएको शोक सन्देशमा भन्नुभएको छ, ‘‘पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबैको निधन भएको खबरले निकै दुःखी भएको छु । यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने विमान चालक दलका सदस्य र यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’’