• १६ भदौ २०८१, आइतबार

गणतन्त्र दिवसमा अशक्त ४८ वर्षीया महिलालाई नागरिकता प्रदान

blog

पूर्ण अशक्त आचार्यलाई घरमै गएर नागरिकता प्रदान । तस्विर - तिलाचन पाण्डे

तिलाचन पाण्डे 

तम्घास,  जेठ १५ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले पूर्ण अशक्त ४८ वर्षीया पुनीकला आचार्यलाई घरमै गएर नागरिकता प्रदान गरेको छ । 

गणतन्त्र दिवसको अवसर पारेर आइतबार रेसुंगा नगरपालिका वडा नम्वर १४ मा रहनुभएकी ४८ वर्षीया पूर्ण अशक्त पुनीकला आचार्यलाई घरमै गएर नागरिकता प्रदान गरिएकाे गणतन्त्र दिवस नागरिकले अनुभूति गर्ने खालको होस् भनेर घरमै गएर नागरिकता प्रदान गर्ने योजना बनाएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । 

घरमै आएर नेपाली नागरिकता प्रदान गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीको सम्पूर्ण टोलीलाई आचार्यले धन्यवाद दिँदै सरकारको अनुभूति ढिलै भए पनि पाएको बताउनुभयो । 

गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय गुल्मीले कार्यालय परिसरमा सरसफाइ गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा रचानात्मक कार्य गर्ने उद्देश्यले कार्यालयको परिसरमा सरसफाई गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

यस्तै दिवसरको अवसरमा जिल्लामा रहेका सबै सरकारी कार्यालयमा शनिबार साँझदेखि सोमबारसम्म तीन दिन दीपावली गर्ने र रचानात्मक कार्यक्रमहरु गर्ने कार्यक्रम तय गरिएको  गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।