• १६ असार २०८१, आइतबार

चित्रकला प्रतियोगिताका विजयीलाई नगदसहित पुरस्कार वितरण

blog

तस्विर–केशब गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १५ गते । कोभिड –१९ र बालबालिका शीर्षकमा देशव्यापी भएको चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको छ ।

यहाँस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा भएको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले विजयी विद्यार्थीहरुलाई पुरस्कृत गर्नुभएको हो ।


माध्यमिक तहमा गौरव सुनार, आयुष घिमिेर र कृष राना क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभयो भने प्रभात घिमिरे र कृतिमा महत्रालाई सान्त्वना पुरस्कार दिइएको छ ।

यस्तै आधारभूत तहमा  तुलसी थापामगर, सिजन श्रेष्ठ, मनिकाकुमारी कुशवाहा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभयो भने अनिशा थापा र कशिश सुनुवारलाई सान्त्वना पुरस्कार दिइएकाे छ ।


प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई क्रमशः जनही १५, १०, ५ र दुईहजार पाँचसय रुपियाँसहित पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेपाल स्वास्थ्य शिक्षा सङ्घ, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, त्रिभुवन विश्वविद्यालय रूपान्तरण परियोजना र शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाे संयुक्त आयोजनामा कार्यक्रममा सञ्चालन भएको थियो ।