• १९ असार २०८१, बुधबार

यार्साको सुरक्षामा खटिएका प्रहरीको हेलिकोप्टरमार्फत् उद्धार

blog

नेपालगंजमा उपचाररत प्रहरी नायब निरीक्षक कृष्णबहादुर खड्का

राजु लामिछाने 

रुकुम पूर्व, जेठ १५ गते । रुकुम पूर्वमा पाईने बहुमुल्य जडिबुटी यार्सागुम्बाको सुरक्षाका लागि खटिएका एक प्रहरी बिरामी भएका छन् । 

जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका १ मा रहेको इलाका प्रहरी कार्यालय मैकोटमा कार्यरत प्रहरी नायब निरीक्षक कुष्णबहादुर खड्का बिरामी हुँदा शनिबार बेलुका हेलिकप्टर मार्फत् उद्धार गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रकाश डाँगीले जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका १ मैकोटमा यार्साको सुरक्षामा खटिएका प्रहरी नायब निरिक्षक खड्कालाई स्वासप्रश्वासमा समस्या भएको बताउनुभयो । शनिबार उहाँलाई हेलिकप्टरबाट सुर्खेत लगिएको हो । सुर्खेतबाट थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको र निमोनियाको समस्या देखापरेको डिएसपी डाँगीले जानकारी दिनुभयो । 

उच्च हिमाली भागमा अक्सिजन अभावको कारण ‘लेक लाग्ने’ समस्या हुने गर्दछ । मैकोटको पाटन, पुपालमा यार्साको सुरक्षामा खटिएका बेला खड्कालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । 

मैकोट, पुपाल क्षेत्रमा जेठ ८ गतेदेखि यार्सा संकलन सुरु भएको स्थानीयले जनाएका छन् ।