• ९ जेठ २०८१, बुधबार

जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ, एक महिला मृत फेला

blog

रेखीराम राना

पाल्पा, जेठ १५ गते । जिल्ला प्रहरी कार्यालय पाल्पाले जबर्जस्ती करणी गर्ने एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वखोला गाउँपालिका–३, का ३१ वर्षका श्यामबहादुर दर्जी  छन् ।

घरमा कोही नभएको मौका छोपेर स्थानीय २५ वर्षकी महिलालाई जबर्जस्ती गरेको भन्दै दर्जीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

गएको शुक्रबार राति १० बजे घरमा कोही नभएको अवस्थामा दर्जी महिलाको घरमा पुगेर जबर्जस्ती करणी गरेको पीडित महिलाको उजुरीका आधारमा निज दर्जीलाई पक्राउ गरिएको थापाले बताउनुभयो । दर्जीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

कालीगण्डकीमा नदीमा युवती मृत फेला 

जिल्लाको रम्भा गाउँपालिका–१, हुँगीस्थित कालीगण्डकी नदीमा एक जना युवती मृत फेला परेकL छन् । रम्भा गाउँपालिका–१, अमली बस्ने २२ वर्षकL अस्मिता विश्वकर्मा कालीगण्डकी नदीमा मृत फेलाा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

गएको जेठ ११ गते घरदेखि एक्लै हिँडेका विश्वकर्मा घरदेखि तीन किलोमिटर टाढा कालीगण्डकी नदी किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । खोजतलास गर्ने क्रममा युवतीको शब शनिबार फेला परेको प्रहरीले जनाएको छ ।

युवतीको के कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको पाल्पाका प्रहरी नायa उपरीक्षक थापाले जानकारी दिनुभयो ।