• ५ जेठ २०८१, शनिबार

गोरू काट्दै गरेको अवस्थामा नौजना पक्राउ

blog

साङ्केतिक तस्बिर

म्याग्दी, जेठ १३ गते । मालिका गाउँपालिका–६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा गोरु काट्दै गरको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले दुई वटा गोरु काट्दै गरेको अवस्थामा नौ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सोही गाउँपालिका–६ दुखुबेसी बस्ने ५२ वर्षीय राम रोकालगायत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी,  काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित प्रशंसा ज्वलेर्सबाट दुई तोला सुनको सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा तारकेश्‍वर नगरपालिका–६ शेषमती बस्ने नुवाकोट विदुर नगरपालिका–१० भइसे घर भएका २२ वर्षीय सुरेश नगरकोटी समेत दुई जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

ज्वलेर्समा वैशाख २३ गते दिउँसो सुनको सिक्री किन्छु भनि दुई तोलाको दुई वटा सुनको सिक्री मागी सिक्री हेर्दा हेर्दै चोरी भएको घटनाको अनुसन्धानको क्रममा चोरीमा संलग्न सुरेश र चोरीको सिक्री खरिदमा संलग्न व्यक्ति समेतलाई चोरी भएको सुनको सिक्री गाली सकेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ ।