• ९ जेठ २०८१, बुधबार

पाँच वर्षअघि विद्यार्थी बलात्कार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ

blog

काठमाडौं, जेठ १२ गते । सुनसरीको इटहरीस्थित ब्लूमिङ लोटस इङ्ग्लिस स्कुलको विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा प्रहरीले तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई पक्राउ गरेको छ ।

कक्षा नौमा अध्ययनरत विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार प्रिन्सिपल खड्कालाई पक्राउ गरेको हो ।

खड्काले १५ वर्षीय छात्रालाई घुमाउने र औषधि उपचार गरी दिने भन्दै विसं. २०७४ भदौ २६ गते गेष्ट हाउसमा लगेर स्कुल रेष्टिकेट गरिदिने धम्क्याएर  बलात्कार गरेका थिए ।

प्रहरी उपरीक्षक एवम् उप निर्देशक कमल थापाले पछि खड्काले विवाह गर्छु भनी फकाउने र समाजमा बेइज्जत गरिदिने धम्की दिँदै पटक–पटक सानसिक तनाव र जबरजस्ती करणी गर्ने गरेको बताउनुभयो ।