• १३ असोज २०८१, आइतबार

हुम्लाको ४४ वटा वडामा एक जना महिला अध्यक्ष

blog

वडा अध्यक्षमा निर्वाचित रंगमति शाही । तस्बिरः राजन रावत

हुुम्ला जेठ १२ गते । जिल्लाका सात वटा गाउँपालिकाका ४४ वटा वडा मध्ये एक जनाले मात्र वडा अध्यक्षमा मात्र महिला निर्वाचित भएका छन् । दुई वटा वडामा उम्मेदवार दर्ता भएपनि एक जनामात्र निर्वाचित हुनुभएको हो । 

सबै वडा मध्ये खार्पुनाथ गाउँपालिका– ४ मा मात्र महिला वडा अध्यक्षमा रंगमति शाही  निर्वाचित हुनुु भएको मुुख्यनिर्वाचन अधिकृत जगतबहादुुर पौडेलले जानकारी दिनुभयो । उहाँ सर्बसम्मत रुपमा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष उम्मेदवारी भएर चयन हुनुु भएको हो । 

स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरु काँग्रेस र  नेकपा (माओवादी केन्द्र)ले ४४ वडा मध्ये १९ वडामा भागबन्डा गरेकोमा काँग्रेसले एक जना मात्र महिलालाई वडा अध्यक्षको उम्मेदवार वनाएको थियो भने नेकपा (माओवादी केन्द्र)ले महिलालाई वडा अध्यक्ष उम्मेदवार बनाएका थिएनन् । अर्को गठबन्धनसँग चुनावी प्रतिस्प्रर्धामा उत्रिएको एमाले पनि महिलालाई वडा अध्यक्षमा उम्मेदवारी चयन गरेको थिएन । 

नेकपा (एकिकृत समाजवादी)ले अदानचुली गाउँपालिका २ मा महिलालाई वडा अध्यक्षमा कुुशुुम बुढालाई उम्मेदवारी बनाएकोमा उहाँ पराजित हुनुु भएको थियो । खार्पुनाथ–४ मा वडा अध्यक्षमा बिजेता शाहीले महिला बिरुद्ध हुने सबै खाले बिभेदका लागि आवाज उठाउनुु आफ्नो पहिलो प्राथमिकता रहने बताउनुुभयो । 

Author

राजन रावत