• १३ साउन २०८१, आइतबार

६ पालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी

blog

काठमाडौं, जेठ ११ गते । ७५३ स्थानीय तहमध्ये ६ पालिका बाहेक सबै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । जसअन्तर्गत नेपाली कांग्रेसले ३२६ पालिका जितेको छ । नेकपा एमालेले २०४ पालिका जितेको छ । यसैगरी, नेकपा माओवादी केन्द्रले १२१ पालिका जित्दा नेकपा एकीकृत समाजवादीले १२, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ६३ पालिका जितेका छन् ।

बुधबार बेलुका ६ बजेसम्म निर्वाचन आयोगको केन्द्रीकृत डेटामा समाविष्ट तथ्याङ्कअनुसार नेपाली कांग्रेसले १३८ पालिकामा प्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ । यस्तै, नेकपा एमालेले ८१ पालिकामा प्रमुख पद जितेको छ भने एक पालिकामा अग्रता लिएको छ । 

नेकपा माओवादी केन्द्रले २५ पालिकामा प्रमुख पद जितेको छ भने अग्रता लिएको छैन । यस्तै, नेकपा एकीकृत समाजवादीले १२ पालिकामा प्रमुख पद जित्दा एकमा अग्रता कायम गरेको छ । अन्य पार्टीले ३१ पालिकामा प्रमुख पद जितेका छन् भने एक पालिकामा अग्रता छ। ४६० गाउँपालिकातर्फ सबै पालिकाको मतपरिणाम आएको छ । 

जसमध्ये कांग्रेसले १८८ पालिकामा अध्यक्ष पद जितेको छ । एमालेले १२३ पालिकामा अध्यक्ष पद जितेको छ । माओवादी केन्द्रले ९६ पालिकामा अध्यक्ष पद जितेको छ भने जनता समाजवादी पार्टीले २१  र अन्य पार्टीले ३२ पालिकामा अध्यक्ष पद जितेको छ । कांगेसले १०८पालिकामा उपप्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ। यस्तै, एमालेले १११ पालिकामा उपप्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ।

माओवादी केन्द्रले ३३ पालिकामा उपप्रमुख पद जितेको छ भने एक पालिकामा अग्रता छ । जनता समाजवादीले १२ पालिकामा उपप्रमुख पद जितको छ भने अग्रता छैन । अन्यले २३ पालिकामा उपप्रमुख पद जितेका छन् भने पालिकामा अग्रता लिएका छैनन्। यस्तै, कांग्रेसले १९०, एमालेले १२६,मओवादी केन्द्रले ९५,जनता समाजवादी पार्टीले १९ र अन्यले ३० पालिकामा उपाध्यक्ष पद जितेका छन् ।

यि हुन् मत सार्वजनिक हुन बाँकी पालिका

स्थानीय तह सदस्य निर्वाचन  अन्तर्गत अब ६ वटा पालिकाको मात्रै अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ । ७ सय ५३ मध्ये ७ सय ४७ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

अन्तिम परिणाम आउन बाँकी पालिकामा काठमाण्डौ महानगरपालिका, उदयपुरको त्रियुगा, रौतहटको गरुडा र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिका रहेका छन् ।