• ८ जेठ २०८१, मङ्गलबार

कप्तान सन्दीपसहित ६ क्रिकेटरलाई प्रायोजन

blog

सम्झौता कार्यक्रममा सन्दीप लामिछानेसहित खेलाडी । तस्बिर सौजन्य : क्यान

काठमाडौं, जेठ ११ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेसहित ६ जना क्रिकेटरलाई भारतको क्रिकेट खेल सामग्री उत्पादन कम्पनी ‘ज्याप क्रिकेट’ ले प्रायोजन गरेको छ। ज्यापले कप्तान सन्दिप सहित विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, सुनिल धमला, भिम सार्की, देव खनाल र आदील अन्सारीलाई एक बर्षको लागि खेल सामग्री प्रायोजन गरेको हो। यस अघिनै ज्यापले महिला राष्ट्रिय क्रिकेटर सवनम राईलाई पनि प्रायोजन गरेको थियो। 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच ज्यापका संस्थापक सीईओ भब्य भारध्वज र सन्दीप सहित क्रिकेटरले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता वापत  ज्यापले अनुबन्धित क्रिकेटरहरुलाई सम्पूर्ण क्रिकेट सामग्री प्रदान गर्नेछ। खेलाडीसँगको अन्य सम्झौता भने कम्पनीले खुलाएको छैन । सम्झौता पछि खेलाडीले सबैखाले  प्रतियोगितामा ज्यापको ब्याट लगायत अन्य सामग्री प्रयोग गर्नेछन्। 

सम्झौता कार्यक्रममा ज्याप क्रिकेटका सीईओ भारध्वजले आगामी दिनमा अन्य क्रिकेटरहरुलाई समेत प्रायोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कप्तान सन्दीप लामिछानेले ज्याप क्रिकेटको सामग्री स्तरीय रहेको बताउँदै युवा क्रिकेटरलाई पनि प्रायोजन गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।