• १३ साउन २०८१, आइतबार

काठमाडौं महानगर प्रमुखमा वालेन्द्रको मत ५६ हजार बढी

blog

फाइल तस्बिर

काठमाडौं, जेठ ११ गते। काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले ५६ हजार १४८ मत ल्याउनुभएको छ। बुधबार दिउँसो ५ बजेसम्म एक लाख ७२ हजार २५५ मतगणना हुँदा साहले सो मत प्राप्त गर्नुभएको हो।

नेपाली कांग्रेसका सिर्जना सिंहले ३५ हजार ८७८ र नेकपा (एमाले) का केशव स्थापितले ३४ हजार ८५४ मत ल्याउनु भएको छ। यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले पाँच हजार २४६ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले ११ हजार ७६३ मत प्राप्त गर्नुभएको छ।

महानगरको उपप्रमुखमा एमालेकी सुनिता डंगोलले मत ६२ हजार ८७८ मत ल्याउनुभयो। नेकपा ९एकीकृत समाजवादी० का रामेश्वर श्रेष्ठले २१ हजार ५१४ मत प्राप्त गर्नुभयो।

राप्रपाकी बिनाता मगैयाले दश हजार ९९१, लौरो निर्वाचन चिह्न भएका स्वतन्त्र उम्मेदवारले पाँच हजार ९४६ र आँखीझ्याल चिह्नमा ११ हजार ७७६ मत परेको छ। 

भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरको वडा नं। १३, १४, १५, १६ र १७ गरी पाँच वटा वडाको मतगणना कार्य जारी रहेको छ।