• १३ साउन २०८१, आइतबार

महिला मुद्दाबारे सरकारको ध्यानाकर्षण गराउँदै कांग्रेस नेत्री

blog

तस्बिरः सागर बस्नेत

काठमाडौं, जेठ ११ गते। सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय “डिना” को नेतृत्वमा महिलाका समसामयिक मुद्दाबारे सरकारको ध्यानाकर्षण गराएको छ।  बुधबार कांग्रेस केन्द्रीय सदस्यले सानेपास्थित बीपी स्मृति भवनमा पत्रकार सम्मेलन गर्दै यस्तो ध्यानाकर्षण गराएका हुन्। 

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य उपाध्यायले स्थानीय निर्वाचनमा महिलाको संख्या कम, लैङ्गिकमैत्री बजेट, मूल्यवृद्धिले आम उपभोक्ता, महिला र गृहिणीमा परेको असर एवम् विद्यमान परिप्रेक्षमा महिलाका विभिन्न सवालबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने बताउनुभयो।

“गठबन्धनमा २२ प्रतिशत महिला आएको भन्ने देखिन्छ, संविधान अनुसार प्रमुख वा उपप्रमुखमा एक महिला र एक पुरुष भन्ने आवाज उठाएका थियौं”, उहाँले भन्नुभयो, “अहिले हामीले त्याग गरेको र भोलि यसको क्षतिपूर्तिसहित लिन्छौं भन्ने विचार राखेका छौं।” यसबाट अहिलेको कानून फितलो रहेको निष्कर्ष आफ्नो रहेको उहाँको भनाइ छ। 

बजेट र प्रस्तुत भइसकेको नीति तथा कार्यक्रम पनि महिलामैत्री, समावेशी र समानुपातिक हुनुपर्ने विषयमा संशोधनका विषय संसदमा क्रमागत छलफलको क्रममा उठाइने उहाँले बताउनुभयो।

भर्खरै, वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा महिलाको संख्या घट्नुको कारण र आगामी संसदीय निर्वाचनमा समानुपातिक सहभागिताको विषयमा प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई  ज्ञापनपत्र बुझाइने उहाँले बताउनुभयो।