• ४ जेठ २०८१, शुक्रबार

सम्मानपछि ज्येष्ठ नागरिक हर्षित

blog

अर्जुन काफ्ले
स्याङ्जा, जेठ १० गते ।
अर्जुनचौपारी गाउँपालिका–१ का ९२ वर्षीय छबीलाल अर्यालले गाउँपालिकाले सम्मान गरेकोमा खुशी व्यक्त गर्नुभएको छ ।

गाउँपालिकामा नयाँ अध्यक्षले सम्मान गरेकोमा खुसी व्यक्त गर्दै अर्यालले पालिका बनेसँगै पहिलो पटक सम्मान गरेको बताउनुभयो ।

अर्याल जस्तै ९१ वर्षीय शोभादेवी देबकोटाले ज्येष्ठ नागरिकलाई स्थानिय सरकारले सम्झेको र सबै ठाउँमा सबैलाई सम्झनु पर्नेमा जोड दिनुभयो ।

पालिका भित्रका ८० वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई सम्मान गर्ने लक्षय अनुसार वडा नम्बर १ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

अर्जुन चौपारी गाउँपालिकाका भित्र रहेका ३५८ जेष्ठ नागरिकमध्ये वडा नम्बर १ का ६३ जना ज्येष्ठ नागरिकलालई खादा लगाएर सम्मान गरिएको थियो ।

ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा निःशुल्क स्वाथ्य परीक्षण गर्नुका साथै औषधि समेत वितरण गरिएको थियो ।

अर्जुनचौपारी गाउँपालिकाका नव निर्वाचित अध्यक्ष प्रकाश तिवारी, उपाध्यक्ष सपना गुरुङ र निवर्तमान अध्यक्ष दीर्घनारायण अर्यालले सम्मान गर्नुभएको थियो ।

ज्येष्ठ नागरिकलाई सम्मान गर्दै पालिका अध्यक्ष तिवारीले जेष्ठ नागरिक समाजका गहना भएको बताउँदै सबै ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य शाखामा काम गर्ने कर्मचारीले ज्येष्ठ नागरिकलाई घरघरमा पुगी हरेक महिना स्वास्थ्य सेवा प्रदान गर्ने पालिका अध्यक्ष तिवारीले बताउनुभयो ।