• १३ साउन २०८१, आइतबार

राजविराजका ८१ जना जनप्रतिनिधिद्वारा सपथग्रहण

blog

ललिता साह
वोदेवसाइन (सप्तरी), जेठ ९ गते ।
स्थानीय तह निर्वाचनबाट राजविराज नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको सपथग्रहण सम्पन्न भएको छ ।

नगरपालिकामा आयोजित एक भव्य समारोह बीच सोमबार नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेणु कुमारी यादव समेतको उपस्थितिमा प्रमुखसहित सम्पूर्ण जनप्रतिनिधिहरुलाई सपथ गराउनुभएको हो ।

नवनिर्वाचित नगरप्रमुख भीमराज यादवलाई सप्तरीका मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीद्वारा सपथ गराउनुभएको छ भने उपप्रमुख इसरत परविन तथा १६ वटै वडा अध्यक्ष र सम्पूर्ण सदस्य महिला सदस्य तथा दलित वडा महिला सदस्य गरी ८१ जना जनप्रतिनिधिलाई नगरप्रमुख यादवले सपथ गराउनुभएको हो ।

सात हजार नौ सय ४७ मतसहित नगरपालिकाको प्रमुखमा भीमराज यादव र उपप्रमुखमा इसरत प्रविण (जनता समाजवादी पार्टी) निर्वाचित भएका हुन् ।